६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

काठमाडौं : अर्घाखाँचीमा ६ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले मंगलबार राति मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्मबहादुर भलामीमगरलाई पक्राउ गरेको हो। 

गएको आइतबार बालिकामाथि बलात्कार भएको उजुरी परेको प्रहरीले जनाएको छ। उजुरी आउनसाथ उनलाई उनलाई इलाका प्रहरी कार्यालय खनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी निरीक्षक दिप्रेन्द्र रावलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

असार १८, २०८१ बुधबार १५:२१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।