प्रचण्डले राजीनामा नदिए एमालेले मन्त्रीहरू आजै फिर्ता बोलाउने

प्रचण्डले राजीनामा नदिए एमालेले मन्त्रीहरू आजै फिर्ता बोलाउने
फाइल

काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ।

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। आफूहरूले दिएको समय सकिएको भन्दै आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। 

'प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ। साँझसम्म त्यो निर्णय हुन्छ,' उनले भने।

उनका अनुसार एमालेले आफ्ना मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने तयारी गरेको छ।

यता मन्त्रीहरूले भने पार्टीको निर्देशन पर्खेर बसिरहेको कृषि मन्त्री ज्वाला कुमारी साहले बताइन्।

नेपाली कांग्रेससँग सत्ता साझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ भने प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको प्रक्रियामा जाने बताएका छन्। 

असार १८, २०८१ बुधबार १५:०६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।