बढेको नुनको मूल्य बुधबारदेखि लागू

बढेको नुनको मूल्य बुधबारदेखि लागू

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनले बढाएको नुनको मूल्य बुधबारदेखि लागू भएको छ। 

कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो।

अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो।

यस्तै, न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत् छ।

असार १८, २०८१ बुधबार १४:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।