सभापति र उपसभापति बाहेकका केन्द्रीय सदस्यहरू दुई हप्ता गुप्तबास बसौं : रास्वपा महामन्त्री ढकाल

सभापति र उपसभापति बाहेकका केन्द्रीय सदस्यहरू दुई हप्ता गुप्तबास बसौं : रास्वपा महामन्त्री ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई ‘रविको पार्टी’बाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन प्रस्ताव गरेका छन्।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नभएपछि मुखमा कालो टेप टाँसेका महामन्त्री ढकालले मिडियामार्फत सार्वजनिक नपाएको प्रतिवेदनमा पार्टीलाई रविको पार्टीबाट परिवर्तन गर्न सुझाव दिएका हुन्।

उनको प्रस्तावमा भनिएको छ, ‘अबको एक सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔँ।’

त्यसका लागि सभापति र उपसभापति बाहेकका केन्द्रीय सदस्यहरु दुई हप्ता गुप्तबास बसेर आफ्नो रायमा मत राख्न उनले प्रस्ताव गरेका छन्।

उनले भनेका छन्, ‘गुप्तबासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिन। तपाईंहरु निर्णय गर्नुहोस्।’

यस्ता छन् उनले राखेका प्रश्नहरू:

पार्टीको विधान कस्तो बनाउने ?
पार्टीको विधानको पालना कसले गराउने ?
पार्टीको विधान पालना नभए के गर्ने ?
पार्टीको संगठान्तमक ढाँचा कस्तो हुने ?
पार्टीको तर्फबाट हुने निर्वाचनका लागी उम्मेदवार छनोट कसरी गर्ने ?
पार्टीको अबको कार्यदिशा कसरी निर्धारण गर्ने ? के हो ?

महाधिवेशनको बाटो तय गरौँ।
पार्टीको नेताको आचरण कस्तो हुने ?
के बाध्यकारी, के गरे राम्रो ?
पार्टीका नेताले मिडियामा के बोल्न पाइन्छ, के पाइँदैन ?
पार्टीका नेताको कार्यसम्पादन मुल्याङ्कन कसरी गर्ने ?
पार्टीमा अनुशासन कसरी कायम गर्ने ?
पार्टीको आर्थिक व्यवस्थापन कसरी निर्धारण गर्ने ? पार्टीका मित्र को हुन् ?
पार्टीका शत्रु को हुन् ?
हामी को हौं ?
हामी किन आएका ?
पार्टी र सरकारको सम्बन्ध कस्तो हुने ?
केन्द्रीय समिति र संसदीय दलको सम्बन्ध कस्तो हुने ?
संसदीय दल र सरकारको सम्बन्ध कस्तो हुने ?
पार्टीको निर्णय प्रक्रिया के हो ? कुन तहको निर्णय कसले गर्ने ? कुन तहले गर्ने ?

असार १८, २०८१ बुधबार १३:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।