‘व्यवस्थापनका लागि ग्लोबल’

‘व्यवस्थापनका लागि ग्लोबल’

काठमाडौं : एसईई उत्तीर्ण भएपछि धेरै विद्यार्थीको रुचि र आकर्षण व्यवस्थापन संकायमा रहेको तथ्यांक छ।

रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले यो संकाय अधिकांश विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यसमा अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषयहरूको अध्यापन गराइन्छ।

काठमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना आह्वान गरेको छ। गत वर्षमात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्ड समेत पाएको कलेजले आफूलाई नेपालको एकमात्रै उत्कृष्ट कलेज भएको दाबी गर्दै आएको छ।

हरेक वर्ष ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको कलेमा व्यवस्थापन संकायको मात्रै अध्ययन हुन्छ।

९६ अतिरिक्त कार्यक्रम
२०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेजमा ९६ वटा अतिरिक्त कार्यक्रम छन्। जसकारण पढाइमा मात्र नभएर विद्यार्थीको सर्वाङ्गिण विकासमा कलेजले ध्यान दिएको देखिन्छ।

अनुभवी शिक्षकहरूले अध्यापन गराउने कलेजको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा हरेक साता होमवर्क अपलोड गर्नुपर्ने नियम छ। कमजोर विद्यार्थीका लागि कलेजले अतिरिक्त समयमा समेत कलेजमा बोलाएर थप मिहिनेत गर्न लगाउने गरेको छ।

कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हलसममका स्रोत साधनहरू पूर्णतया कलेजकै लागि भनेर बनाइएका हुन्, जसकारण विद्यार्थीले असहजता महसुस गर्न नपर्ने कलेजको भनाइ छ।

भ्रमणसँगै सिकाइ पनि
ग्लोबल कलेज अफ म्यानेजमेन्ट अतिरिक्त शैक्षिक क्रियाकलापहरु पनि हुने गरेका छन्। यहाँ रहेका म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लबहरू कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन्। जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन्।

कलेजबाट विद्यार्थीहरु पास आउट भएर कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दा त्यसको व्यवस्थापन गर्नसक्ने, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त बनाउन कलेजले अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको कलेज प्रशासनको भनाइ छ।

कलेजले इन्डस्ट्रीयल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरूमा, ठूला कार्यालयहरू आदिको भ्रमण गराइ त्यस्ता संस्था र कार्यालय कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराउँछ। होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई फाइभ स्टार होटलको भ्रमण गराइ त्यहाँबाट ज्ञान र सीप सिकाइन्छ।

छात्रवृत्ति
कलेजमा महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रूपमा छात्रवृत्ति प्राप्त गर्छन् भने हरेक विद्यार्थीले जीपीएका आधारमा छात्रवृत्ति पाउने गरेको कलेजले जनाएको छ।

असार १८, २०८१ बुधबार १३:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।