बुटवलमा छुरा प्रहार भएका युवा संघका पूर्व सदस्य रवि थापाको मृत्यु

बुटवलमा छुरा प्रहार भएका युवा संघका पूर्व सदस्य रवि थापाको मृत्यु

बुटवल : बुटवलमा छुरा प्रहारबाट एक युवाको मृत्यु भएको छ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य समेत बुटवल-७, का ३६ वर्षीय युवा रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको हो।

छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको थियो। गत जेठ २ गते कालिकानगरको एक होटलमा उनीमाथि छुरा प्रहार भएको थियो।

छुरा प्रहार गरेर व्यक्तिको मृत्यु हुँदा समेत प्रहरीले छुरा प्रहार गर्नेलाई खोजविन नगरेको भन्दै युवा संघ जिल्ला रुपन्देहीले प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएको छ।

रेष्टुरेन्टमा रहेको सीसीटीभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको भन्दै ईलाका प्रहरी कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाइएको अध्यक्ष बस्नेतले बताए।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

असार १८, २०८१ बुधबार १३:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।