कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउने डा. कोइरालाको दाबी

कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउने डा. कोइरालाको दाबी

वीरगन्ज : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीचको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन्।

नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने दाबी गरे।

कांग्रेस सधैँ सहमति, सहकार्य र एकताको राजनीतिमा दृढ रहेको भन्दै कोइरालाले मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा दुई ठूला दल मिल्नु सुखद् रहेको बताए।

विगतका तिक्ततालाई छोडेर एकजुट भएर बढ्नुको विकल्प नरहेको भन्दै दुई तिहाइ बहुमतको सरकार बन्ने समेत दाबी गरे।

अबको सरकारले अस्थिर राजनीतिको अन्त्यको लागि संविधान संशोधन गरेर मुलुकलाई निकास दिने उनको विश्वास थियो।

असार १९, २०८१ बुधबार ११:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।