काठमाडौंको नयाँबजारमा सडक भासिँदा मोटरसाइकल खस्यो

काठमाडौंको नयाँबजारमा सडक भासिँदा मोटरसाइकल खस्यो

काठमाडौं : काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा सडक भासिएको छ।

बालाजु-सोह्रखुट्टे सडकखण्डको नयाँ बजारमा सडकमा सडक भासिँदा बुधबार विहान मोटरसाइकल खसेको हो।

पानीको उच्च बहावमा खसेको मोटरसाइकल र चालकलाई निकालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

सडक विभाग अन्तर्गत पर्ने उक्त सडकमा अहिले एकतर्फी मात्र सवारी चलेको छ।

असार १८, २०८१ बुधबार १०:५९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।