रास्वपा केन्द्रीय समिति बैठकमै महामन्त्रीले मुखमा कालो टेप टाँसे

रास्वपा केन्द्रीय समिति बैठकमै महामन्त्रीले मुखमा कालो टेप टाँसे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले बैठकमै मुखमा कालो टेप टाँसेर विरोध गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन्।

उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएका छन्।

ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए। तर, आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन्।

बैठकमा नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

असार १८, २०८१ बुधबार १०:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।