बाबाको खुट्टाको धुलो लिन भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो, अझै कयौं बेपत्ता

बाबाको खुट्टाको धुलो लिन भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो, अझै कयौं बेपत्ता

एजेन्सी : उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ सहर नजिकै सत्संगमा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ।

समाचार एजेन्सी पीटीआईले प्रशासनलाई उद्धृत गर्दै १२२ मृतकको सूची जारी गरेको छ। अझै धेरै मानिस बेपत्ता छन्।

मृत्यु हुनेमा ठूलो संख्यामा नारायण साकारको सत्संगमा आएका महिला थिए। कार्यक्रमस्थल अलिगढलाई एटाह जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दराउ शहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा थियो।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ आएका भक्तजनहरूबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड भएको थियो।

नारायण साकार उत्तर प्रदेश प्रहरीका पूर्व कर्मचारी हुन् र उनको नाम सुरज पाल हो। उनले स्थानीय गुप्तचर इकाईमा १८ वर्ष काम गरेपछि सन् १९९० मा स्वेच्छिक अवकाश लिएका थिए।

अवकाशपछि उनी नारायण साकार हरि उर्फ भोले बाबा बनेका हुन्।

असार १८, २०८१ बुधबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।