राष्ट्रिय सभा बैठक बस्दै, बजेट अन्तर्गतको मन्त्रालयगत छलफल जारी रहने

राष्ट्रिय सभा बैठक बस्दै, बजेट अन्तर्गतको मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत बजेट शीर्षकमाथि छलफल जारी रहने छ।

बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षा,  शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ। 

यस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगको कार्यालयको बजेट शीर्षकमाथि पनि छलफल हुनेछ।

यस्तै आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुल विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश र अभिलेख संरक्षण पहिलो संशोधन विधेयक टेबुल गर्ने कार्यसूची छ। 

असार १८, २०८१ बुधबार ०८:४५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।