एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने

काठमाडौं : एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ।

महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ।

उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ। छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन्।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्ताबेज परिमार्जनसहित अनुमोदन हुनेछ। त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने एकीकृत समाजवादीले जनाएको छ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन्। ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन्।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ। आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ।

असार १८, २०८१ बुधबार ०८:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।