सत्संगमा भागदौड मच्चिँदा भारतमा १ सय भन्दा बढी मानिसको मृत्यु

सत्संगमा भागदौड मच्चिँदा भारतमा १ सय भन्दा बढी मानिसको मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगमा भागदौड मच्चिँदा एक सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा एक सयभन्दा बढी मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन्। के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई प्रतिव्यक्ति २-२ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहतस्वरुप दिने घोषणा गरेका छन्।

त्यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले २४ घण्टाभित्र घटनाकाे अनुसन्धान सकेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

असार १८, २०८१ बुधबार ०७:१९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।