रास्वपा नयाँ सरकारमा सहभागी नहुने

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

काठमाडाैं : नेपाली कांग्रेस र एमालेले बनाउन लागेको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले नयाँ बन्ने सरकारमा नजाने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

सचिवालय बैठकबाट बाहिरिने क्रममा सचेतक परियारले रास्वपा पहिलेदेखि नै स्थिरता चाहने राजनीतिक दल भएको र अस्थिरता निम्त्याउनेगरि भएको नयाँ सत्ता समिकरणमा सहभागी नहुने बताएका हुन्।

त्यस्तै सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने टिप्पणी गरेका छन्। त्यस्तै उनले नयाँ गठबन्धनले सरकार बनाउने प्रक्रिया अगाडि बढाएपछि सरकारबार बाहिरिने बताएका छन्।

रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते दोस्रो पटक सहभागी भएको थियो। 

असार १७, २०८१ मंगलबार ११:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।