प्रचण्डलक्षित बाबुरामको टिप्पणी- ‘सबैलाई सधैँभरि ठग्न सकिन्न’

प्रचण्डलक्षित बाबुरामको टिप्पणी- ‘सबैलाई सधैँभरि ठग्न सकिन्न’

काठमाडौं : नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति इङ्गित गर्दै सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चर्चित भनाइ छ-‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ!’

दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएपछि मंगलबार विहानैदेखि राजनीतिक दलका नेताहरू दौडधूप र वार्तामा छन्।

सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ। त्यसपछिको आधा कार्यकाल भने कांग्रेस सभापति देउवा सरकारमा रहनेछन्।

असार १७, २०८१ मंगलबार ११:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।