खान युनिसको पूर्वी भाग खाली गर्न इजरायली सेनाको आदेश

खान युनिसको पूर्वी भाग खाली गर्न इजरायली सेनाको आदेश

एजेन्सी : इजरायली सेनाले प्यालेस्टिनीहरूलाई दक्षिणी गाजाको खान युनिसको पूर्वी भाग खाली गर्न आदेश दिएको छ।

त्यहाँका स्थानीयलाई पहिले एउटा अडियो सन्देशमार्फत ठाउँ खाली गर्न भनिए पनि पछि भने इजरायली सेनाले सामाजिक सञ्जालमा अरबी भाषामा यसबारे पोस्ट गरेको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार यहाँबाट धेरै मानिसहरू भागेका छन्। इजरायलतर्फ २० रकेट प्रहार भएपछि इजरायली सेनाले उनीहरूलाई ठाउँ खाली गर्न भनेको हो।

पछिल्ला केही महिनामा इजरायलमा भएको यो पहिलो ठूलो आक्रमण हो। इजरायलले खसालेका यी मिसाइलहरू खाली जमिनमा खासेका कारण हताहती नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

खान युनिसको दक्षिण पूर्वमा रहेको युरोपेली अस्पताल वरपरको क्षेत्रका मानिसहरूलाई पनि बाहिर निकाल्न आदेश दिइएको छ।

स्थानीय रिपोर्टहरूका अनुसार अस्पतालका कर्मचारीहरूले खान युनिसको नासिर अस्पतालमा केही अत्यावश्यक उपकरणहरू सार्न थालेका छन् भने केही कर्मचारी र बिरामीहरूले पनि ठाउँ छोडेका छन्।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा गाजामा ३७,९०० भन्दा बढी मानिस मारिएका छन् भने पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ।

असार १७, २०८१ मंगलबार १०:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।