बालुवाटार पुगे ओली

बालुवाटार पुगे ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ। भेटमा उनले प्रधानमन्त्री दाहाललाई मागप्रशस्त गर्न सुझाव दिने बताइएको छ।

नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबीच भेटवार्ता हुन लागेको हो।

असार १७, २०८१ मंगलबार ०९:५४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।