जनता समाजवादी पार्टीको बैठक बस्दै, सरकारबारे निर्णय लिने

जनता समाजवादी पार्टीको बैठक बस्दै, सरकारबारे निर्णय लिने
फाइल तस्बिर

काठमाडौं : दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि सहमति गरेसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ।

पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको पार्टीका उपमहासचिव तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जानकारी दिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कुरा पनि छ,’ उनले भने, ‘१० बजे पार्टीको बैठक बोलाएका छौँ। त्यसपछि थप निर्णय लिन्छौँ।’

सोमबार मध्यरातमा भएको सहमतिमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेछ।

सहमतिसँगै एमालेबाट मन्त्री भएकाहरूले आजै राजीनामा दिने तयारी गरेका छन्।

असार १७, २०८१ मंगलबार ०८:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।