एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गतेदेखि सुरु गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुनेछन्।

असार १७, २०८१ मंगलबार ०८:४०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।