एमाले मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै

एमाले मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउँदै

काठमाडौं : एमालेबाट मन्त्री बनेकाहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउँदैछन्।

सोमबार मध्यरात नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै एमालेबाट मन्त्री बनेकाहरूले आज राजीनामा बुझाउँदैछन्।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले बताए।

भण्डारीले भने, ‘हामी आज दिउँसोसम्म राजीनामा दिन्छौँ। अध्यक्षज्यूले भने अनुसार नै मार्ग प्रशस्त गर्दैछौँ।’

मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ सरकार गठनकाे प्रक्रियामा एमाले लाग्नेछ। यद्यपि त्यसका लागि प्रधानमन्त्री दाहालको राजीनामा अनिवार्य छ।

त्यसो हुन नसकेको खण्डमा नयाँ सरकार गठनका लागि एमाले-कांग्रेसले एक महिनासम्म कुर्नुपर्ने हुन्छ।

सोमबार मध्यरात भएको सहमतिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेदेखि संविधान संशाेधनसम्मको विषय समावेश छ।

असार १७, २०८१ मंगलबार ०८:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।