राष्ट्रपति चुनाव नजिकिँदै गर्दा ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतबाट राहत

राष्ट्रपति चुनाव नजिकिँदै गर्दा ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतबाट राहत

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिल दंगा मुद्दामा सर्वोच्च अदालतबाट राहत पाएका छन्।

उक्त मुद्दामा अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई केही हदसम्म राहत दिएको बताइएको छ।

छ मध्ये तीन न्यायाधीशहरूले ट्रम्पलाई उनको आधिकारिक कार्यको लागि अभियोजनबाट राहत दिँदा अनौपचारिक कार्यहरूको लागि कुनै राहत नदिएको समाचारमा उल्लेख छ।

के आधिकारिक र के अनौपचारिक भन्नेबारे निर्णय गर्न सर्वोच्चले मुद्दालाई तल्लो अदालतमा पठाइदिएको छ। यद्यपि सर्वोच्चले यस विषयमा केही निर्देशिका भने बनाएको छ।

उक्त निर्देशिकामा ट्रम्पको व्यक्तिगत कागजात प्रमाणका रूपमा प्रस्तुत गर्न नसकिने उल्लेख छ। फैसलापछि असहमति व्यक्त गर्ने तीन न्यायाधीशमध्ये एक सोनिया सोटोमायरले लेखेकी छिन्, ‘यस निर्णयसँगै राष्ट्रपति अब कानूनभन्दा माथिको राजा भएका छन्।’

राष्ट्रपति चुनावअघि आएको यो निर्णयलाई ट्रम्पले ठूलो जितका रूपमा हेरिएको छ। क्यापिटल हिल दंगा र २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन कथित प्रयासको सम्बन्धमा ट्रम्प विरुद्धको मुद्दा अब तल्लो अदालतमा सुनुवाइ हुनेछ।

सर्वोच्च अदालतको फैसलाप्रति रिपब्लिकन पार्टीले खुशी व्यक्त गरेको छ। एरिजोनाका रिपब्लिकन सिनेटर मार्सा ब्ल्याकबर्नले कानूनले अवैध राजनीतिक उत्पीडनको अन्त्य गरेको बताएका छन्।

यो निर्णयलाई डेमोक्र्याटिक पार्टीले भने लाजमर्दो भन्दै लामो समयसम्म कानूनको नजरम कालो धब्बाको रूपमा रहने भनेको छ।

भर्जिनियाका प्रजातान्त्रिक प्रतिनिधि ग्यारी कोनोलीले भने, ‘यो एक लाजमर्दो निर्णय हो र यसले हामीलाई आगामी वर्षसम्म सताउनेछ।’

असार १७, २०८१ मंगलबार ०७:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।