एमालेका मन्त्रीहरूलाई ओलीको सन्देश 'आज आउनु पर्दैन’

एमालेका मन्त्रीहरूलाई ओलीको सन्देश 'आज आउनु पर्दैन’

काठमाडौँ : मन्त्रीपरिषद् बैठकपछि सिधै बालकोट आउन मन्त्रीहरूलाई बोलाएका एमाले अध्यक्ष केपी ओलीले’अहिले आउनु पर्दैन’ भन्ने सन्देश दिएपछि मन्त्रीहरू बैठक सक्काएर मन्त्री क्वाटरतिर लागेका छन्।

मन्त्रीपरिषद् बैठक बसिरहेकै बेलामा बैठक सकिएपछि बालकोट आउन एमालेबाट सरकारमा रहेका सबै मन्त्रीलाई सूचना पुगेको थियो। मन्त्रीहरू बालकोट जानु अगाडि नै हल्ला चर्कियो। अनि बिचैमा अहिले आउनु पर्दैन भन्ने सन्देश आएको एक मन्त्रीले जानकारी दिए।

‘बैठक सकेर बालकोट आउन भनेपछि त्यही तयारीमा थियौँ,’ एक मन्त्रीले उकेरासँग भने 'अहिले आउनु पर्दैन भन्ने सन्देश आयो।  धेरै हल्ला भएछ। सामूहिक रुपमा जाँदा अर्कै अर्थ लाग्ने भएर होला।'

सत्ता बदल्ने दौडबारे समाचार

असार १६, २०८१ सोमबार १८:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।