पत्रकारको प्रश्न : तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि?, ओलीको जवाफ- त्यस्तो लाग्दैन खै!

पत्रकारको प्रश्न : तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि?, ओलीको जवाफ- त्यस्तो लाग्दैन खै!

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू यसैवर्ष प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन्। 

सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ओलीको प्रधानमन्त्री बन्ने सम्भावनाबारे राखेको जिज्ञासामा चर्चा हुनु राम्रो हो मात्रै भने। 

प्रधानमन्त्री बन्ने चर्चा र शपथ लिनेबारे पत्रकारको जिज्ञासामा उनले भने- ‘यस वर्ष त त्यस्तो लाग्दैन त मलाई खै।’ 

गत शनिबार एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालकोटमा घण्टा लामो भेटवार्ता भएपछि अहिले सत्ता गठबन्धन फेरिने चर्चा भइरहेको छ। 

त्यसपछि पनि ओली र देउवाबीचको छलफल सत्ता समीकरण बदल्ने विषयमा केन्द्रित भएसँगै अहिले सत्ताधारी प्रमुख दुई दल एमाले र माओवादी केन्द्रको नेतृत्व दैनिक छलफलमा बसिरहेको छ। 

असार १७, २०८१ सोमबार १७:४८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।