मन्त्रीपरिषद् बैठकपछि एमालेका सबै मन्त्री बालकोटमा

मन्त्रीपरिषद् बैठकपछि एमालेका सबै मन्त्री बालकोटमा

काठमाडौँ : मन्त्रीपरिषद् बैठकमा सहभागी भएका एमालेका मन्त्रीहरू सिधै पार्टी अध्यक्ष केपी ओली निवास बालकोट बोलाइएको छ। मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उनीहरू सिधै बालकोट जान लागेका हुन्।

सत्ता समिकरणबारे एमाले र नेपाली कांग्रेसकाबीचमा छलफल भइरहेको बेलामा ओलीले सबै मन्त्रीहरुलाई छलफलमा लागि आफ्नो निवासमा बोलाएका हुन्।

सोमबार बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो नेतृत्वमा सर्वदलीय सरकार गठन गर्न प्रस्ताव गरेको सार्वजनिक भएको थियो। सोमबारै बसेको कांग्रेस पदाधिकारीहरुको बैठकमा पार्टी सभापती शेरबहादुर देउवाले ओलीसँगको छलफल सकारात्मक रहेको जानकारी गराएका थिए।

सत्ता बदल्ने दौडबारे समाचार

असार १६, २०८१ सोमबार १७:४५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।