सत्ता गठबन्धन फेरबदलबारे गृहमन्त्री :  म पनि सरकारमै छु तर, त्यस्तो केही थाहा छैन

सत्ता गठबन्धन फेरबदलबारे गृहमन्त्री :  म पनि सरकारमै छु तर, त्यस्तो केही थाहा छैन

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धन फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता गठबन्धन फेरबदल हल्लामात्रै भएको बताए।

‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन,’ उनले भने, ‘मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ।’

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट सामान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए।  

गत शनिबार एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालकोटमा घण्टा लामो भेटवार्ता भएपछि अहिले सत्ता गठबन्धन फेरिने चर्चा भइरहेको छ।  

असार १६, २०८१ सोमबार १७:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।