एकाएक तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला फैलिएपछि...

एकाएक तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला फैलिएपछि...

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ। 

सोमबार दिउँसो एकाएक तारा एअरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दियो। 

‘आज मिति २०८१।०३।१७(जुलाइ ०१, २०२४)का दिन केही अनलाइन पत्रिका र गलत मनसायका व्यक्तिले बदनीयतपूर्वक सामाजिक संजालमा करिब मितिको समयमा ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन’ भनी गलत समाचार तथा पोष्टहरू हालिएको पाइएकाले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकाले कृपया त्यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालामा अनुरोध गरिन्छ,’ तारा एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यता, पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा रहेको र कर्मचारीहरू अतालिएका थिए। तारा एअरसँग हाल तीन वटा जहाज रहेका छन्। 

असार १६, २०८१ सोमबार १७:०६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।