अर्थ मन्त्रीले दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा गरे

अर्थ मन्त्रीले दीर्घ रोगी बिरामीका लागि ३५ करोड निकासा गरे

काठमाडौँ : दीर्घ रोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकासा भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सोमबार मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि सो रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन्।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए।

चालु आर्थिक वर्ष २०८०-०८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। सो रकम स्थानीय तहमार्फत सिधै बिरामीको बैङ्क खातामा जम्मा हुनेछ।

असार १६, २०८१ सोमबार १६:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।