प्रभु बैँकका कर्मचारी र ग्राहकले होटल हिमालयमा विशेष छुट पाउने
काठमाडौं : प्रभु बैँकका कर्मचारी तथा ग्राहकले ललितपुरको कुपण्डोलमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट पाउने छन्।
प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्स्टेन्सन काउन्टर र करिब ३१ लाख भन्दा बढि ग्राहक छन्।
असार १६, २०८१ सोमबार १६:५२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।