शिक्षण शैली ‘जवर्जस्ती’ कि, ‘उत्प्रेरक’?
काठमाडौँ : जवर्जस्ती कि उत्प्रेरक? आखिर कुन शिक्षणमा कुन शैली ठिक? परम्परागत शिक्षक शैली हेर्ने हो भने जवर्जस्ती शैली नै देखिन्छ। तर बदलिँदो समय र पुस्तान्तरणसँगै अहिले जवर्जस्ती हैन उत्प्रेरक शिक्षण शैली प्रभावकारी देखिएको छ।
सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले अपनाएको शिक्षण शैली र केही वर्षदेखि विज्ञान सङ्कायमा ल्याएको उत्कृष्ट नतिजाले पनि उत्प्रेरक शिक्षक शैलीको प्रभावकारितालाई समर्थन गर्छ।
शिक्षण शैलीसँगै कलेजले विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको देखिन्छ। अत्याधुनिक भौतिक पूर्वाधार, आधुनिक शिक्षण सिकाई प्रणाली, अत्याधुनिक ल्याब, सुविधासम्पन्न सभाहल, टेक्नोल्याब, कम्प्युटर ल्याब र लाइब्रेरीले विद्यार्थीलाई ज्ञानको दायरा बढाउन थप प्रेरित गर्न सक्छ।
कलेज मेडिकल, इन्जिनियरिङ र आइटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादनमा केन्द्रित रहेको छ। कलेजले कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि नै हप्तामा दुई दिन सोमबार र बिहीबार कलेजमै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा सञ्चालन गरेर विध्यार्थीहरुलाई थप सहयोग गर्ने गरेको छ।
कलेजका कार्यक्रम निर्देशक गोकुलदेव बडू कलेजले अपनाएको शिक्षण शैली र भौतिक पूर्वाधारका कारण शतप्रतिशत उत्कृष्ट नतिजा आइरहेको बताउँछन्। गत वर्ष विज्ञान सङ्कायमा देशभरिबाट ४७ जनाले ४ जिपिए ल्याएर उत्तीर्ण भएमा ग्लोबल कलेज अफ साइन्सका विद्यार्थी ६ जना थिए। यसले पनि कलेजको शिक्षण शैलीको प्रभावको पुष्टि गर्न सक्छ।
हरेक आइतबार अघिल्लो साताभरि अध्ययन गरिएका विषयमा साप्ताहिक परीक्षा र हरेक बुधवार नतिजा, एक महिनासम्म चार पटक नियमित परीक्षाको आधारमा विद्यार्थीको शैक्षिक ज्ञानको अवस्थाको मूल्याङ्कन र पढाइको प्रभाव लगायतको आधारमा रणनीति निर्माण गर्ने गरेको कलेज व्यवस्थापकले जानकारी दिए।
महिनाको अन्त्यमा महिनामा कति परीक्षा भए ? कति अङ्क आयो? कलेजमा विद्यार्थी कति दिन उपस्थित भए? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्यको अवस्था लगायतबारे रिपोर्ट बनाएर अभिभावकलाई दिने गरिएको कलेजले जानकारी दियो। यसले अभिभावक आफ्नो सन्तानको शैक्षिक अवस्थाबारे जानकार हुने र सहजिकरणमा सहज हुने गरेको छ।
नियमित मूल्याङ्कनमा विषयगत आधारमा केही कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्ने गरेको छ। उनीहरूलाई नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा अतिरिक्त कक्षामा सहभागी गराउने र कमजोर देखिएको विषयमा सुधारपछि मात्रै अतिरिक्त कक्षामा सहभागी हुनु नपर्ने पद्धतिको निर्माण गरिएको देखियो।
ग्लोबल स्कुल अफ साइन्सका अनुसार कलेजमा ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक र २० कर्मचारी रहेका छन्। पूर्णकालीन शिक्षक बिहानैबाट विद्यार्थीसँगै हुने भएकाले सामूहिक र व्यक्तिगत छलफल गरिने कलेजले जानकारी दियो।
‘यहाँका शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म कलेजले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ,’बडुले भने’ विद्यार्थी भर्ना भइसकेपछि उसको पढाइको सम्पूर्ण जिम्मा कलेजले नै लिन्छ। अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम गर्दैन।‘
सुविधा सम्पन्न संरचना
ग्लोबल स्कुल अफ साइन्सको भवन बाहिर भव्यमात्रै भव्य देखिने हैन भित्र पनि सुविधा सम्पन्न छ। ल्याबमा एकै पटक ४० देखि ४५ विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप गर्न सक्छन्। शनिवार पनि कलेजको पुस्तकालयमा अध्ययन गर्न सकिन्छ।
हरेक कक्षाहरूमा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्टबोर्डबाट प्राक्टिकल रूपमा हेर्न सकिन्छ। जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रूपमा स्पष्ट हुन समेत सहयोग पुग्ने गरेको छ।
हरेक विद्यार्थीलाई प्रिजेन्टेसनमा प्रोत्साहित गरिन्छ। यसले विद्यार्थीको लेखनसँगै, वाककला, सिप र भाषागत ज्ञान बढ्न सघाउने गरेको छ। कलेज प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गराउने गरेको देखियो।
विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण गराएर विद्यार्थीहरूलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कारबारे जानकारी दिने गरिएको बडुले बताए।
बडुका अनुसार ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौँ विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूर्ण छात्रवृत्ति पाउन सफल भएका छन्।
छात्रवृत्तिको व्यवस्था के छ ?
ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६ सय ५० जना र कक्षा १२ मा ६ सय ५० गरी १ हजार ३ सय विद्यार्थी क्षमता रहेको छ। कलेजमा ६७ वटा स्कुलबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन्।
कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने गरेका छन्। छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई उनीहरूको एसइईमा प्राप्त जिपिएका आधारमा शुल्क तोक्ने गरिएको बडुले बताए।
छात्रवृत्तिका लागि एसइईको परीक्षाफल प्रकाशित भएको पाँचौँ दिनमा ट्रान्सप्लान्ट २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुने गरेको बडुले जानकारी दिए।
सो परीक्षामा उत्कृष्ट २५ भित्र पर्न सक्ने विद्यार्थीले २ वर्ष कलेजमा पूर्ण छात्रवृत्ति पाउने उनले जानकारी दिए।
‘यो परीक्षा ६० अङ्कको हुन्छ। डेढ घण्टाको परीक्षामा विद्यार्थीले क्यालकुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रूपमा उपस्थित भएर परीक्षा दिनुपर्छ’ उनले भने।
परीक्षामा लिखितमा न्यूनतम ४५ अर्थात् ७५ प्रतिशत अङ्क ल्याउनुपर्ने। १० अङ्कको अन्तर्वार्ता र बाँकी रहेको ३० अङ्क विद्यार्थीको जिपिए अनुसार प्राप्त हुने उनले बताए।
जस्तो कुनै विद्यार्थीको ४ जिपिए छ भने उसले यो परीक्षामा पनि ३० अङ्क नै प्राप्त गर्छ। कसैको ३.९ जिपिए छ भने २६ अङ्क र ३.८ छ भने २४ अङ्क प्राप्त गर्छ। यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जिपिएको अङ्क जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउँछन्।
परीक्षामा ४० प्रतिशतभन्दा बढी अङ्क ल्याउने विद्यार्थीले ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुने उनले बताए। यी विद्यार्थीमा पनि जिपिए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउने उनले बताए।
कुनै कारणवश पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीको पढाई कमजोर भएमा पनि छात्रवृत्ति कटौती नहुने र छात्रवृत्ति नपाएका विद्यार्थीले पढाइको आधारमा तिर्नुपर्ने शुल्क कम हुने बडुले बताए।
असार १७, २०८१ सोमबार १६:२१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।