'सरकारकै आयु ग्यारेन्टी नहुँदा मन्त्रीको हुने कुरै भएन, तर साउन कट्न दिनुस् काम गरेर देखाइदिन्छु'

'सरकारकै आयु ग्यारेन्टी नहुँदा मन्त्रीको हुने कुरै भएन, तर साउन कट्न दिनुस् काम गरेर देखाइदिन्छु'

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्। 

सोमबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालयमा पठाएको र प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको भन्दै जसरी पनि जनशक्ति थपिने दाबी गरे।

'६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ। काम गर्न पनि सहज हुन्छ। जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने?’, उनले सोधे। 

मन्त्री यादवले आफूले जे बचन दिएपनि गरेर देखाउने दाबी गर्दै भने- ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन। तर, म काम गरेर देखाउँछु।’ 

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ? भन्ने प्रश्न गरे। 

‘राजनीतिले मलाई कुनै फरक पर्दैन। म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उनले भने। 

उनले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति दुःख व्यक्त गरे। 

‘आयुर्वेद सुतिसकेको थियो। वैद्यखाना पनि लोप भएको छ, त्यसलाई जगाउन कोसिस गरिरहेको छु साउन कट्न दिनु काम सुरू भएको छ कि छैन देखाउन सक्छु। युवा छु युवामाथि त विश्वास गर्नुस,’ उनले भने।  

असार १६, २०८१ सोमबार १६:१३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।