संघीयता आएपछि सुदूरपश्चिममा पहिलोपटक दलित समुदायबाट २ जना मन्त्री नियुक्त

संघीयता आएपछि सुदूरपश्चिममा पहिलोपटक दलित समुदायबाट २ जना मन्त्री नियुक्त

काठमाडौं : सुदूरपश्चिम प्रदेश पहिलोपटक दलित समुदायबाट दुईजना मन्त्री बनेका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र माओवादी केन्द्रकी लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन्। उनीहरू गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए।

आजसम्मका मुख्यमन्त्रीले सुदूरपश्चिम दलित समुदायलाई राज्यमन्त्री मात्रै बनाएका थिए।

प्रदेश सरकारको पहिलो कार्यकालमा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो।

हाल प्रदेशसभामा दलित समुदायबाट कांग्रेस, एमाले र माओवादीबाट एक/एक जना प्रदेशसभा सदस्य छन्। 

असार १६, २०८१ सोमबार १५:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।