टी-२० विश्वकप जितेपछि भारतीय टोलीलाई १२५ करोड पुरस्कार

टी-२० विश्वकप जितेपछि भारतीय टोलीलाई १२५ करोड पुरस्कार

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ। 

बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन्। 

उनले लेखेका छन्, ‘आइसीसी पुरुष टी-२० विश्वकप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु। टोलीले टुर्नामेन्टभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ। यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई!’

शनिबार विश्व च्याम्पियन बनेको भारतले आईसीसीका तर्फबाट २ दशमलव ४५ मिलियन डलर पुरस्कार पाएको थियो।

टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो। 

असार १६, २०८१ सोमबार १४:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।