डिजिटल पेमेन्ट गेट वे सजिलो र पेवेलबाट सुन तस्करीको ५५ अर्ब भुक्तानी भएको सिआइबीको निष्कर्ष

डिजिटल पेमेन्ट गेट वे सजिलो र पेवेलबाट सुन तस्करीको ५५ अर्ब भुक्तानी भएको सिआइबीको निष्कर्ष

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल राष्ट्र बैङ्कबाट डिजिटल भुक्तानीको अनुमति पाएको पेवेल र सजिलो–पेबाट सुन तस्करीको ५५ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी भएको सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गरेर ब्युरोका प्रमुख श्याम ज्ञवालीले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरेर कूल ५५ अर्ब ७९ करोड ८८ लाख भुक्तानी सहजीकरण गरेको बताए।

अनामनगरमा रहेको पेवेल नेपालले स्थापना कालदेखि हालसम्म १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको सीआईबीको निष्कर्ष छ। सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको आरोपमा ब्युरोले ८ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ।

बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्टले पटक पटक गरी सुन तस्करीको अर्ब रुपैयाँ भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको ब्युरोले जानकारी दिएको छ।  

असार १६, २०८१ सोमबार १३:४२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।