नक्कली सुनको मूर्ति देखाएर तीस लाख ठगेको आरोपमा पाँच जना पक्राउ

नक्कली सुनको मूर्ति देखाएर तीस लाख ठगेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ : नक्कली सुनको मूर्ति विक्री गरेर ३० लाख ठगेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो।

कागेश्वरी मनोहरा  नगरपालिका ७  विष्ट गाँउ घर भएका वर्ष ३१ को दिनेश न्यौपानेलाई  भारत उडिशा राज्य केन्द्रवडा घर भई अहिले कमलपोखरी बस्ने वर्ष ४० को कलाकार दासले नक्कली सुनको मूर्ति देखाई ३० लाख ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका हुन्।

प्रहरीले भारतीय नागरिक कलाकार दास, ललितपुरका क्षेत्र बहादुर शाही, डल्लुका दीपक थापा, लाजिम्पाटsf वसन्त चौधरी र चमतीका रविन महर्जन पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति र १४ लाख बरामद भएको जानकारी दिएको छ।

असार १६, २०८१ सोमबार १३:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।