पार्टीले नेतृत्व गरेको मन्त्रालयमाथि रास्वपा सांसद डाँगीको प्रश्नै-प्रश्न

पार्टीले नेतृत्व गरेको मन्त्रालयमाथि रास्वपा सांसद डाँगीको प्रश्नै-प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले आफ्नै पार्टीले नेतृत्व गरेको शिक्षा मन्त्रालयमाथि प्रश्न उठाएकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद डाँगीले एसईई परीक्षा कहिलेसम्म संघीय सरकारले र कहिलेसम्म यसलाई हाउगुजीको रुपमा परिभाषित गर्ने भन्दै प्रश्न उठाइन्।

उनले प्रश्न गरिन्, ‘एसईईलाई हाउगुजी परीक्षा कहिलेसम्म बनाइराख्ने? यसलाई पनि अरु परीक्षा जस्तै सहज कहिलेबाट बनाउने? कक्षा १० को परीक्षा संघीय सरकारले कहिलेसम्म लिइराख्ने? शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीले कहिलेबाट पाउने?’

रुपन्देही, संखुवासभा र दोलखामा अन्य एसीसी परीक्षा फेल भएका चार जनाले आत्महत्या गरेको भन्दै उनले अनुत्तीर्ण भएका ८८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयबाट नै भएको समेत स्मरण गराइन्।

‘एसईईमा अनुत्तीर्ण भएका ८८ प्रतिशत विद्यार्थी सरकारले नै सञ्चालन गरेकोसामुदायिक विद्यालयबाट छन्,’ उनले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ? विद्यार्थीलाई मात्र दोष लगाएर सरकार चुपचाप कहिलेसम्म बस्छ?’

असार १६, २०८१ सोमबार १२:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।