धान दिवसमा रोयल इनफिल्ड राइड

धान दिवसमा रोयल इनफिल्ड राइड

काठमाडौं : बारा पर्साका लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रालिले ‘रोपाई राइड’ सफलतापूर्वक सम्पन्न गरेको छन्।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते विहान साढे सात बजे वीरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको राइडमा २५ जना सहभागी थिए।

राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्धन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरण रहोस् भन्ने रहेको कम्पनीले जनाएको छ।

ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरूले रोमान्चक अनुभव संगालेका थिए।

नोभस ब्र्दर्स प्रालिका प्रबन्ध निर्देशक अनुप अग्रवालले सहभागी सबै बाइक प्रेमीहरूलाई धन्यवाद दिए।

असार १६, २०८१ सोमबार १०:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।