यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

यसको साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने अनुमान पनि गरिएको छ।

असार १६, २०८१ सोमबार ०७:१०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।