पार्टी महाधिवेशनमा माधव नेपालले भने’ पसलैपिच्छे कम्युनिस्ट पार्टी नभए हुने’

पार्टी महाधिवेशनमा माधव नेपालले भने’ पसलैपिच्छे कम्युनिस्ट पार्टी नभए हुने’

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पसलैपिच्छे कम्युनिस्ट पार्टी भएको भन्दै त्यस्तो नभइदिए राम्रो हुने बताए। उनले पार्टीको महाधिवेशनमा बोल्दै कम्युनिस्ट पार्टीहरू धेरै भएको बताए।

तर उनले यसैको आधारमा आत्तिनुपर्ने अवस्था नभएको भन्दै आवश्यकता अनुसार मिल्न सक्ने बताए। समाजवादी मोर्चा रहेको तर अहिले जनता समाजवादी पार्टी नेपालको विभाजनले केही समस्या आएको बताए।

‘जो-जो मिल्न सक्छौँ, जो जो मिलेर मोर्चा बनाउन सकिन्छ गरौँ,’ उनले भने'तर पार्टी नै बलियो हुनुपर्छ। सही विचार र सही दृष्टिकोण भए मात्र पार्टी बलियो हुन्छ।'

उनले एकीकृत समाजवादीमा नेता र कार्यकर्ताको कुनै कमी नभएको र सबै पालिकातहसम्म पुगेको दाबी गरे। अहिले पनि पार्टीमा प्रवेश गर्ने लहर चलिरहेको दाबी गरे।

जुन दिन संविधानलाई असफल बनाउने प्रयासलाई विफल बनाइयो त्यही दिन विद्रोहको औचित्य पुष्टि भएको भन्दै यसो नगरेको भए कि राजनीतिमा पलायन कि आत्मसमर्पण गर्नुपर्ने अवस्था रहेको दाबी गरे।

उनले अहिले पनि खतरा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचेत गराउँदै भने'हिजो संसद् विघटन ठिक हो भन्नेले भोली पनि विघटन गर्न सक्छन्। सचेत हुनुहोला। विघटनको औचित्य छैन।'

असार १५, २०८१ आइतबार १६:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।