एकीकृत समाजवादीले अस्थिर भनेकोमा चित्त दुखाउँदै प्रचण्डले भने’‘जसलाई सम्मान गर्नुपर्ने हो उसलाई अपमान गरेर त भएन नि’

एकीकृत समाजवादीले अस्थिर भनेकोमा चित्त दुखाउँदै प्रचण्डले भने’‘जसलाई सम्मान गर्नुपर्ने हो उसलाई अपमान गरेर त भएन नि’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट र वामपन्थीहरू एक हुनुपर्ने बताए। एकीकृत समाजवादी पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले कम्युनिस्टहरू भविष्यमुखी र आशावादी हुनेमा अहिले निराशावादी र अतीतमुखी भएको बताए।

उनले प्रधानमन्त्रीको रूपमा भ्रष्टाचारविरुद्ध काम गरिरहेको तर केहीले दलहरू काम लाग्दो भएनन्, नेताहरू काम लाग्दा भएनन्, भ्रष्ट भए भनेर बदनाम गर्ने गरेको बताए। उनले एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकै मोर्चामा बसेर एकै पार्टी बनाउन गृहकार्य गरिरहेको र महाधिवेशनले त्यसबारे केही निर्णय गरोस् भनेर आग्रह गरे।

उनले निर्वाचन अगाडि र निर्वाचन पछाडि पनि एकीकृत समाजवादीसँग निकट रहेको भन्दै उनले एकीकृत समाजवादीको राजनीतिक दस्ताबेजमा माओवादीलाई अलि निकट पनि लेखेको र अस्थिर दल पनि लेखेको भन्दै चित्त दुखाए।

उनले आफू अलि अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैनथ्यो, शान्ति प्रक्रियाले अहिले यहाँसम्म नआइपुग्ने दाबी गरे। उनले आफू अस्थिर नभएर इन्भर्टेड कमा भित्रको अस्थिर भएको बताए।

उनले मार्सवाद भनेको पोखरीको जमेको पान जस्तो नभई गडगडाउने पानी समान भएको दाबी गर्दै ठोस अवस्थामा ठोस् विश्लेषण गर्नुपर्ने तर्क गरे। उनले आफ्नो स्वभावलाई गतिशीलता भएको भन्दै अस्थिरता नभएको तर्क गरे।

‘जसलाई सम्मान गर्नुपर्ने हो उसलाई अपमान गरेर त भएन नि’ उनले भने

असार १५, २०८१ आइतबार १६:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।