एकीकृत समाजवादीको महाधिवेशनमा रविले भने 'बढी बातले पीडित भएकाले बात घटाउँदै जानुपर्ने छ'

एकीकृत समाजवादीको महाधिवेशनमा रविले भने 'बढी बातले पीडित भएकाले बात घटाउँदै जानुपर्ने छ'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘बढी बात’ ले आफू पीडित भएको बताएका छन्। एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले कान्छो दलको कान्छो नेता भएकाले धेरै बोले ‘छोटी मुह, बढी बात’ भने जस्तो होला भन्दै भने’ बढी बातले पीडित भएकाले बात घटाउँदै जानुपर्ने छ। अनुभवले सिक्ने विषय हो।‘

उनले २००७ देखि अहिलेसम्म मुलुक अहिले जटिल अवस्थामा छ, विषम् परिस्थितिमा छ भन्ने सुन्दै आएको भन्दै प्रश्न गरे’ जुन व्यवस्था आए पनि मुलुक त अप्ठ्यारैमा पर्ने रहेछ। यो अप्ठ्यारो गरिब नागरिकले पारेका हुन्?’

उनले नागरिक सङ्कटमा रहेसम्म व्यवस्था सङ्कटमा पर्ने भन्दै अब बहसको विषय बदल्दै विश्व विद्यालय कसरी राम्रो बनाउने, अस्पताल कसरी सुधार्ने भनेर सर्वदलीय बैठक बस्नुपर्ने बताए।

उनले वित्तिय क्षेत्र टाट पल्टेर तीन खम्बे अर्थनीति ध्वस्त भएको भन्दै लोकतन्त्र खतरामा भए जनताले जोगाउने भन्दै अब जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले यो परिवर्तन, व्यवस्था र संविधान रास्वपाले स्वीकार गरेको र यसैको आधारमा बसेर परिवर्तन गर्नुपर्ने उनले बताए।

परिवर्तनका लागि जनता र कार्यकर्ता तयार रहेको तर नेतृत्व नै तयार हुनुपर्ने बताएका थिए।

असार १५, २०८१ आइतबार १५:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।