एकीकृत समाजवादीको महाधिवेशन मित्र मिलन समारोह जस्तो लाग्यो : अशोक राई

एकीकृत समाजवादीको महाधिवेशन मित्र मिलन समारोह जस्तो लाग्यो : अशोक राई

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले एकीकृत समाजवादीको महाधिवेशन मित्र मिलन समारोह जस्तो लागेको बताए। एमालेका पूर्व नेता रहेका राई हालसालै जनता समाजवादी पार्टी नेपाल विभाजित गरेर जनता समाजवादी पार्टी गठन गरेका थिए।

उनले एकीकृत समाजवादीको महाधिवेशनमा ११-१२ वर्षदेखि सँगै काम गरेका साथीहरूसँग भेट्न पाएको भन्दै खुसी व्यक्त गरे। उनले यो मुलुकमा केही भएन भनेर गलत प्रचार भइरहेको बताए। उनले जनताको अपेक्षा र राज्यले सम्बोधन गर्न सक्ने क्षमताको बिचमा अन्तर्विरोध रहेको बताए।

उनले त्यसको समाधानका लागि सत्ता पक्ष वा प्रतिपक्षले इमानदार प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको बताए।

असार १५, २०८१ आइतबार १५:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।