नेपाल सक्कियो भन्ने साम्राज्यवादीहरुको हल्ला : विप्लव

नेपाल सक्कियो भन्ने साम्राज्यवादीहरुको हल्ला : विप्लव

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लवले नेपाल सक्कियो भनेर साम्राज्यवादीहरुले हल्ला फैलाएको दाबी गरेका छन्। एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले साम्राज्यवादीहरूको यस्तो षड्यन्त्र चिर्नुपर्ने बताए।

उनले नेपाली कांग्रेसले चाहेको समाजवाद के हो? भन्ने प्रश्न गर्दै उनले अहिलेकै मोडल हो भने यसले समस्या समाधान गर्न नसक्ने बताए।

उनले नेपालका पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने अवस्था रहेको भन्दै नेता, नेताका परिवार सबै विवादमा। मुख्य सचिव भ्रष्टाचारमा परेको समाचार पढ्नु परिरहेको बताएका थिए।

असार १५, २०८१ आइतबार १४:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।