केपी ओलीले 'बहिस्कार' गरे एकीकृत समाजवादीको महाधिवेशनको निम्तो

केपी ओलीले 'बहिस्कार' गरे एकीकृत समाजवादीको महाधिवेशनको निम्तो

काठमाडौँ : एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुँदा एमाले अध्यक्ष केपी ओली भने गएनन्। महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनमोर्चाका चित्रबहादुर केसी, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव लगायतका नेता समेत सहभागी छन्।

प्रज्ञा भवन कमलादीमा भइरहेको महाधिवेशनस्थलमा एमालेका केन्द्रीय तहका कुनै नेता देखिएनन्। पार्टीभित्र विवाद बढेपछि माधव नेपाल, झलनाथ खनाल लगायतका एमालेका नेताहरूले पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका थिए।

अहिले माओवादी केन्द्रको नेतृत्वको सरकारमा एमाले र एकीकृत समाजवादी दुवै सहभागी छन्। सरकारमा सहभागी हुनु अगाडि एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसँग भेटेर सहकार्यको आग्रह गरेका थिए।

नेपालको घरमै गएर ओलीले सहकार्यको प्रस्ताव गरेपछि नेपाल सरकारमा सहभागी भए पनि दुवै दलका नेताहरुबीचको छेडखानी जारी छ।

असार १५, २०८१ आइतबार १४:४९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।