ओलीसँग दुई घण्टा छलफल गरेका देउवाले बोलाए पदाधिकारी बैठक

ओलीसँग दुई घण्टा छलफल गरेका देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीसँग शनिवार दुई घण्टा छलफल गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

शनिवार ओलीको निमन्त्रणामा श्रीमती आरजुलाई लिएर देउवा बालकोट पुगेर दुई घण्टा छलफल गरेका थिए। शनिवार भएको छलफलबारे आइतबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका थिए।

देउवाले भने सोमबार दिउँसो ३ बजे बूढानीकण्ठमा रहेको आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। बैठकको अजेण्डामा समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषय राखिएको छ।

असार १५, २०८१ आइतबार १४:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।