किष्ट अस्पतालमा २ जनामा कलेजो प्रत्यारोपण

किष्ट अस्पतालमा २ जनामा कलेजो प्रत्यारोपण

काठमाडौं : किष्ट शिक्षण अस्पतालमा दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।

कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपणपश्चात् सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ।

अस्पतालले यसअघि ५ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।

असार १५, २०८१ आइतबार १३:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।