'संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ'

'संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ'

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बलियो संसद लोकतन्त्रको आधारशिला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रुपमा लिइँदै आएको बताएका छन्। 

संसद् दिवसका अवसरमा आइतबार शुभकामना सन्देशमा जारी गर्दै सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गरे।

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

‘बलियो संसद लोकतन्त्रको आधारशिला हो। त्यसैले संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ। लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो। संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व हामी सबैको हो। कानून निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ,’ सभामुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

वि.सं. २०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ। 

असार १५, २०८१ आइतबार ०९:४८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।