साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : साविक विजेता राष्ट्र अर्जेन्टिना समूह विजेताको रुपमा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको हो। क्वाटरफाइलनमा पहिल्यै प्रवेश गरिसकेको छ।

अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।

लियोनल मेस्सीलाई विश्राम दिइएको यस खेलमा दुवै गोल लाउतारो मार्टिनेजले गरे। मार्टिनेजले ४७ र ८६ औँ मिनेटमा गोल गरेका थिए। 

अर्जेन्टिना रहेको समूह ‘ए’बाट क्यानडा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ।

आजै भएको खेलमा गोलरहित बराबरीको नतिजा निकाल्दै क्यानडा क्वाटरफाइनलमा पुगेको हो। उक्त समूहबाट चिली र पेरू बाहिरिएका छन्। 

असार १५, २०८१ आइतबार ०९:११:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।