आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा

आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा

काठमाडौं : आयोजक राष्ट्र जर्मनी युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। जर्मनीको जीतमा केइ हार्भाटेज र जमाल मुसेएलाले एक एक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो।

जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्ककका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चित गर्दै पेनाल्टी दिइएको थियो। सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए।

६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगेको थियो। 

त्यसपछि थप गोल नभएपछि अन्ततः जर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो। जर्मनीले क्वाटरफाइनलमा स्पेन वा जर्जियासँग खेल्ने छ।

असार १५, २०८१ आइतबार ०८:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।