एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, प्रतिनिधिलाई आवास र खानाको व्यवस्था

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, प्रतिनिधिलाई आवास र खानाको व्यवस्था

काठमाडौं : एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरू हुने भएको छ। 

बिहीबारसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस महाधिवेशनमा विभिन्न तीनवटा प्रतिवेदनहरू प्रस्तुत गरिने बताइएको छ। 

महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको उनको भनाइ छ। 

महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन्। 

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। 

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। 
 
एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नऔं अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको हो।

असार १५, २०८१ आइतबार ०७:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।