युरो कप : स्विट्जरल्यान्डसँग २-० गोलले हार्दै साविक विजेता इटाली बाहिरियो
काठमाडौं : साविक विजेता इटाली युरो कपको अन्तिम १६ बाट बाहिरिएको भएको छ।
गएराति भएको खेलमा स्विट्जरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो।
जर्मनीमा जारी प्रतियोगितामा स्विट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे। खेलमा ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि भने कुनै गोल हुन सकेन। प्रतियोगिताबाट इटाली बाहिरिएसँगै स्विट्जरल्यान्ड भने क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
असार १६, २०८१ आइतबार ०७:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।